अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णालीका जनतालाई माओवादीले ठग्यो, विकाशका लागि कुनै काम गरेन: पृथ्वीसुब्बा गुरुङ

कर्णालीका जनतालाई माओवादीले ठग्यो, विकाशका लागि कुनै काम गरेन: पृथ्वीसुब्बा गुरुङ


जुम्ला – नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले विदेशीको इसारामा बनेको सत्ता गठबन्धनबाट मुलुक बन्न नसक्ने बताउनु भएको छ।

नेकपा एमाले कर्णाली प्रचार विभागले आज आयोजना गरेको कर्णाली प्रचार भेलामा उपमहासचिव गुरुङले यस्तो बताउनु भएको हो।

उपमहासचिव गुरुङले भन्नुभयो, ‘विदेशीको दलाली गर्ने र उसैको पाउमा पर्नेहरूले मुकुलको हितमा कुनै काम गर्दैन, मुलुक पनि बन्दैन।’

नेता गुरुङले कांग्रेसको पाउमा पर्ने पार्टी कम्युनिष्ट हुनै नसक्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘कांग्रेसको पाउमा पर्ने पार्टीहरू कम्युनिष्ट हुनै सकदैन, तिनीहरू कम्युनिष्ट आन्दोलनको गद्दार हुन्। यो तथ्यलाई सवै जनतालाई बुझाउनु पर्छ ।’

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशीकै इशारामा नेकपा एमालेलाई घात गरेर कांग्रेसको पाउमा परेको बताउनु भयो। उहाँले भन्नुभयो, ‘माओवादीले दुई महीना नै घात गरेर शत्रुको पाउमा परेर सिंगो नेपालीको शीर झुकाउने काम गर्यो ।जनतामाथि घात गर्यो ।’

नेकपा एमालेले देश बनाउने नेतृत्वगरेको कारण नै देशी–विदेशी प्रतिक्रियावादीले घेराबन्दी गरेको तथ्य राख्नुभयो। एमाले उपमहासचिव गुरूङले कर्णालीका जनतालाई माओवादीले निरन्तर ठगीरहेको बताउनु भयो।

‘कर्णालीबाट नै माओवादीले युद्द सुरू गर्यो, चुनाव पनि जित्यो तर कर्णालीको विकाशका लागि कुनै काम गरेन। कर्णालीका जनतालाई माओवादीले लगातार ठग्यो, एमालेको नेतृत्वबिना समृद्ध कर्णालीको सपना साकार हुन्न,’ एमाले उपमहासचिव गुरूङले भन्नुभयो।

कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्यद्वय गोरखबहादुर बोगटी,  डा. शिबमाया तुम्बाहाम्फे, केन्द्रीय सदस्य बिष्णु रिजाल, नगेन्द्र शाही, प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, एमाले केन्द्रीय प्रचार विभागका सचिव गगन बिष्ट, नेकपा एमाले जुम्ला जिल्लाका अध्यक्ष शान्तिलाल महत र एमाले केन्द्रीय प्रचार विभागका सदस्य टीका बिष्टले आ–आफ्नो धारणा राख्नु भएको थियो ।