अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारको न्यूनतम साझा कार्यक्रम जनताको आँखामा छारो हाल्ने मात्र हो: ठाकुर गैरे

सरकारको न्यूनतम साझा कार्यक्रम जनताको आँखामा छारो हाल्ने मात्र हो: ठाकुर गैरे


काठमाडौं – नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले सरकारको न्युनतम साझा कार्यक्रम जनताको आँखामा छारो हाल्नका लागि मात्रै हुने बताउनु भएको छ। 

बिहीवार संसद भवनमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले सरकारको साझा न्यूनतम कार्यक्रम बनाउने कुरामा मात्रै सिमित हुँदा कार्यान्वयनको पक्ष फितलो भएको बताउनु भयो ।

सांसद गैरे सरकारको न्यूनतम साझा कार्यक्रम मुख्य कार्यान्वयको विषय बन्न नसकेको बताउनु भयो। सांसद गैरेले सरकार सत्ता स्वार्थमा र भागबण्डामा केन्द्रित भएको आरोप लगाउनु भयो । उहाँले न्यूनतम साझा कार्यक्रम जनताको आँखामा छारो हाल्नका लागि ल्याइने विषय रहेको उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो, ‘यो सत्ता स्वार्थमा र भागबण्डामा केन्द्रित छ। यो न्यूनतम साझा कार्यक्रम जनताको आँखामा छारो हाल्नका लागि ल्याइने विषय हो, कार्यान्वयनका लागि हो भन्ने म ठान्दिनँ। शिक्षा, स्वास्थ्य, कृषि उपरका विषयहरुमा बजेट कटौती गरिएको छ, कटौती गर्ने अभियान जारी गरिएको छ।’

सांसद गैरेले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि उपरका विषयहरुमा बजेट कटौति गर्ने खबर पाएको भन्दै आर्थिक शंकटको बहानामा विकास निर्माणमा कुनै काम गर्न सकिँदैन भन्नु गलत भएको बताउनु भयो ।