अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तनहुँ-१ मा नौ जनाको उम्मेदवारी कायम

तनहुँ-१ मा नौ जनाको उम्मेदवारी कायम


तनहुँ – आगामी वैशाख १० गते तनहुँ-१ मा हुने उपनिर्वाचनका लागि नौ जनाको उम्मेदवारी कायम भएको छ। 

उपनिर्वाचनमा भाग लिन नौ राजनीतिक दलबाट उम्मेदवारी दर्ता भएको र सबैको  कायम भएको मूख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिश कोमलप्रसाद आचार्यले जानकारी दिनुभयो । 

एक महिला र आठ पुरुषले उम्मेदवारी कायम भई उनिहरुलाई सम्बन्धित दलको निर्वाचन चिन्ह प्रदान गरिएको  उहाँले जानकारी दिनुभयो । 

बाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका गोविन्द भट्टराई, नेकपा एमालेबाट सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीका रामप्रसाद प्रजापतिको उम्मेदवारी कायम भएको छ । 

यसैगरी मङ्गोल नेशनल अर्गनाइजेशनका प्रेमबहादुर थापा, राष्ट्रिय जनमुक्ति पार्टीका दुर्गबहादुर राना, नागरिक उन्मुक्ति पाटीबाट भीम सुनार र नेपाल कम्युनिष्ट पार्टी समाजवादी पार्टी नेपालका गणेश श्रेष्ठले उम्मेदवारी कायम भएको छ।  

मङ्गलबार दिउँसो ३ बजेसम्म उम्मेदवारी माथि दाबी विरोध गर्ने समय तोकिएकोमा दाबी विरोध नपरेको र बिहीबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी र चुनाव चिन्ह प्रदान गरिएको कार्यालयले जनाएको छ। 

तनहुँ-१ मा १ लाख २३ हजार ३०५ मतदाता कायम भएका छन्। मङ्सिरको भन्दा एक सय ८५ मतदाता घटेका छन् । पाँच सय २८ जनाको मृत्यु भएकोले मतदाता सङ्ख्या घटेको  जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो । 

तनहुँ-१ बाट निर्वाचित बन्नुभएका रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको यसक्षेत्रमा आगामी वैशाख १० गते प्रतिनिधी सभासदस्यको उपनिर्वाचन हुन लागेको हो। 

पौडेलले २५ हजार ३ सय ६१ मत मत पाएर विजयी हुनु भएको थियो । उहाँको प्रतिस्पर्धी एमालेका एकबहादुर रानामगरले १९ हजार ९ सय ८१ मत पाउनु भएको थियो। 

त्यस्तै, सो क्षेत्रबाट स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ६ हजार ८८६ मत ल्याउनु भएको थियो भने राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ४४ मत प्राप्त गर्नु भएको थियो ।