काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवन-२ मा एमालेका युवा उम्मेदवार राम न्यौपानेलाई विजयी गराउन आग्रह गर्नुभएको छ । आज सामाजिक सञ्जालमा शनिबारीय मुड लेख्दै उहाँले पहिलो पटक चुनावमा उठ्नुभएका ४३ वर्षीय उम्मेदवार न्यौपानेलाई विजयी गराउन आग्रह गर्नुभएको हो ।
उहाँले लेख्नुभएको छ, ‘शनिबारीय मुड !!! बालकोटबाट सबैलाई शुभ बिहानी !!! आज शनिबार, छुट्टिको दिन, रमणीय रहोस् !!! यी हुन् राम न्यौपाने,उमेर ४३ वर्ष, चितवन- २ का एमाले उम्मेदवार !!! पहिलो पटक चुनाव उठ्दै छन्। माहोल नयाँ र युवाको छ, यही चाहना बुझेर एमालेले यी लक्काजवानलाई उठाएको हो । हामी सधैं जनताको मन र मस्तिष्क बुझेर अगाडि बढ्ने नै छौ है !!!’
चितवन-२, बारा-२ र तनहुँ-१ मा आगामी वैशाख १० गते प्रतिनिधिसभाको उपनिर्वाचन हुँदैछ ।






प्रतिक्रिया