काठमाडौँ-नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल महिला संघको सातौं महाधिवेशन आजदेखि हुँदैछ ।
आजदेखि काठमाडौँमा हुने संघको महाधिवेशनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने भएको हो ।
२०६९ सालमा भएको छैटौं महाधिवेशनले विद्या भण्डारीलाई अध्यक्ष निर्वाचित गरेपछि हालसम्म महाधिवेशन हुन सकेको थिएन । १० वर्षपछि हुन लागेको महाधिवेशनमा एमालेका नेतृहरुले नेतृत्वका लागि दाबी गर्नुभएको छ ।
स्रोतका अनुसार अध्यक्ष थममाया थापा र टुका हमालको दाबी रहेको छ । यस्तै महासचिवमा सुजिता शाक्य, गौरी ओली र शर्मीला कार्कीले पनि दाबी गर्नुभएको छ ।
१७ पदाधिकारीका लागि संघमा करिब ८० जनाले दाबी गरेको बताइएको छ ।






प्रतिक्रिया