अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बारा-२ मा एमाले उम्मेदवार पौडेलको घरदैलो

बारा-२ मा एमाले उम्मेदवार पौडेलको घरदैलो


बारा – बारा-२ को उपचुनावका निम्ति नेकपा एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले मतदातासँगको भेटलाई तीव्रता दिनु भएको छ।

अरू उम्मेदवार आरोप प्रत्यारोपमा उत्रिदा पौडेलसहितको एमाले टोली भने मतदातालाई भेट्न खेत खेतमा गएर भेट गर्नुभएको छ। अहिले हिउँदे धान लगाउने मौसम रहेकाले बारा २ का अधिकांश किसान खेतमा हुन्छन् ।

घरदैलो गर्दै मत मागिरहेका पौडेलले एमालेले नजित्दा यो क्षेत्रमा विकास नभएको उहाँ आफूले विकासको अभियान चलाउने किसानहरुलाई बताउनु भयो ।

निर्वाचन परिचालन कमिटी संयोजक तथा क्षेत्र नम्बर १ का सांसद अच्युत मैनाली, पूर्व मन्त्री तथा क्षेत्र नम्बर ३ की सांसद ज्वालाकुमारी साहलगायतका नेता कार्यकर्ता घरदैलोमा उम्मेदवारसँगै घरदैलो कार्यक्रममा हुनुहुन्छ।