काठमाडौं – नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी परित्यागको घोषणा गर्नुभएको छ । आज राजधानीमा एक पत्रकार सम्मेलनमार्फत उहाँले पार्टी परित्यागको घोषणा गर्नुभएको हो ।
उहा एकीकृत समाजवादीमा तेस्रो वरियताका नेता हुनुहुन्थ्यो ।
न्यौपानेले माघ २१ र २२ गतेको केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणा सहित ३३ बुँदे फरक मत राखेकोमा अहिलेसम्म पनि छलफल नभएकोले भन्दै पार्टी सदस्य हुनुभन्दा देशको असल नागरिक भएर बस्ने उचित हुने निष्कर्ष निकालेको बताउनु भएको छ ।
न्यौपानेले भन्नुभएको छ, ‘…म जस्तो विगत ५४ वर्षको राजनितिक जिवनमा यात्रा गरेको कम्यूनिष्ट कार्यकर्ता विधि, प्रक्रीया र सांगठनिक ढाँचा अनुरुप पार्टिको सदस्य भएर बस्तु भन्दा देशको असल नागरिक भएर बस्नु उचित हुनेछ भन्ने सोचका साथ लेनिनले १९१७ मा भनेका वाक्य स्मरण गर्दै भविष्य नभएको पार्टीको नेता हुन भन्दा सम्मानित नागरिक भएर जिउनु जिवनको लागि महत्वपूर्ण कुरा हो भन्ने अभिशाखलाई आत्मसाथ गर्दै म आजका मिति २०७९ साल चैत्र २५ गतेका दिन देखि यस पार्टीको साधारण सदस्य समेत तथा सम्पुर्ण पार्टि जिम्मेवारी परित्याग गरेको घोषणा गर्दछु।’






प्रतिक्रिया