अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुखको कार्यकक्षमा प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच भेटघाट

सभामुखको कार्यकक्षमा प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच भेटघाट


काठमाडौँ – सभामुख देवराज घिमिरे र संसद्मा प्रतिनिधित्व गर्ने तीन ठूला दलका शीर्ष नेताबीच भेट सुरु भएको छ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको भेटमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सहभागी हुनुहुन्छ।