अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अनेमसंघको बन्द शत्र सञ्चालन गर्न पद्मा अर्यालको नेतृत्वमा ७ सदस्यीय अध्यक्षमण्डल गठन

अनेमसंघको बन्द शत्र सञ्चालन गर्न पद्मा अर्यालको नेतृत्वमा ७ सदस्यीय अध्यक्षमण्डल गठन


काठमाडौं – अखिल नेपाल महिला संघको सातौं राष्ट्रिय सम्मेलनको बन्द शत्र सञ्चालनका लागि ७ सदस्यीय अध्यक्षमण्डल गठनभएको छ।

आजबाट सुरु भएको सम्मेलनको उदघाटन शत्र सकिएलगत्तै एमाले सचिव पद्मा अर्यालको अध्यक्षतामा ७ सदस्यीय बन्द शत्र गठन भएको हो ।

अध्यक्षमण्डलका सदस्यमा जनसंगठन समन्वय संयन्त्रका संयोजक तथा स्थायी कमिटी सदस्य भानुभक्त ढकालसहित अनेमसंघकी नेतृहरु गोमा देवकोटा, राधा ज्ञवाली, सीता पौडेल, सीता सुन्दास र मञ्जु चौधरी रहनुभएको छ।

बन्द शत्रमा राजनीतिक र साँगठानिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पारित भई नयाँ नेतृत्व चयन हुने कार्यसूची रहेको छ । अनेमसंघ प्रचार बिभागकी प्रमुख सर्मिला कार्कीका अनुसार अनेमसंघको सम्मेलनमा मुलुकभरबाट १२ सय ६३ जना प्रतिनिधि रहेका छन् ।

अधिवेशनमा नेतृत्व चयनका लागि मापदण्ड बनाइएको छ । धुलिखेलमा सम्पन्न जनसंगठन समन्वय संयन्त्रको बैठकको निर्णयअनुसार मापदण्डमा नेकपा एमालेका केन्द्रीय कमिटी सदस्यहरु अनेमसंघको पदाधिकारीमा मात्रै उममेदवार बन्न पाउने योग्यता निर्धारण गरिएको छ । एमाले निकट जनसंगठनको पदाधिकारी १७ सदस्यीय रहने मापदण्ड यसअघि नै तय भइसकेको छ ।

सम्मेलनको उदघाटन सत्रमै एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा गुटबन्दी नरहेको तथ्यसहित आफ्नो निहित स्वार्थका लागि गुटबन्दी नगर्न महिला नेतृहरुलाई निर्देशन दिइसक्नु भएको छ ।