कैलाली – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले सचिव लेखराज भट्टलाईलाई भेट्न उहाँकै निवास पुग्नुभएकाे छ।
कैलालीको गोदाबरी नगरपालिका-१ अत्तरियास्थित भट्टको निवासमा पुगेर प्रधानमन्त्री प्रचण्डले उहाँसँग राजनीतिकसहितका विषयमा कुराकानी गर्नुभएकाे हाे।
सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन कञ्चनपुर पुग्नुभएका उहाँ आइतबार धनगढी विमानस्थलबाट सिधै भट्ट निवास पुगेर उहाँसँग भेटवार्ता गर्नुभएकाे हाे ।







प्रतिक्रिया