अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सरकार नभएसम्म देश विकास हुँदैन: अध्यक्ष ओली

एमाले सरकार नभएसम्म देश विकास हुँदैन: अध्यक्ष ओली


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको सरकार नभएसम्म यो देशको विकास नहुने बताउनु भएको छ ।

आज धादिङको रुवी भ्याली गाउँपालिकामा मिसन ग्रासरुट अभियान अन्तर्गत आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेकपा (एमाले)ले मात्रै देश विकास गर्ने बताउनु भएको हो ।

अध्यक्ष ओली भन्नुभयो, ‘एमालेको सरकार नबनीकन यो देश बन्दैन, यो देशमा विकास हुन सक्दैन ।’ एमालेको सरकार बाह्य तत्वहरुले जोडजाड गरेर नभई जनताले नै बनाउने बताउनु भयो । उहाँले एमालेको सरकार बनाउन अरु सबै एकातिर भएपनि एमाले वडा पालिका हुँदै सबैतिर एमालेको बहुमत हुनुपर्ने बताउनु भयो ।