काठमाडौं – दश वर्षपछि भइरहेको अनेमसंघको ७ औं राष्ठ्रिय महाधिवेशनमा केन्द्री कमिटी टुंगो लाग्नु पर्नेमा त्यतातिरको कुनै काम सुरु नै नभएपछि प्रतिनिधीहरुमा अन्यौलता बढेको छ । पार्टी केन्द्रले अधिकांस नयाँ अनुहारलाई नेतृत्वमा ल्याउने संकेत पाएपछि पुृराना नेतृहरु असन्तुष्ट बनेका छन् ।

महाधिवेशन स्थल प्रज्ञा भवन कमलादीमा रहेकी पत्रकार कविता अधिकारीका अनुसार हालसम्म नेतृत्व चयनको औपचारिक प्रक्रिया सुरु भएको छैन । तर अध्यक्षका लागि टुका हमाल र महासचिवका लागि पेम्वा लामाको नाम महाधिवेशन स्थलमा ब्यापक रुपमा प्रचार भएको छ । हाल अध्यक्षको दाबी गरिरहेकी थममाया थापा र महासचिवको दाबी गरिरहेकी सुजिता शाक्यलाई आउट गरेर दुई नयाँ नामको चर्चा बढेपछि पुरानो नेतृत्व नै आउट हुने सम्भावना बढेको प्रतिनिधीहरु बताउछन् ।
यस्तै उपाध्यक्षहरुमा शर्मीला कार्की र बिमला राई पौड्यालको चर्चा महाधिवेशन स्थलमा तिव्र छ ।






प्रतिक्रिया