काठमाडौँ-पेसागत महासंघ नेपालले सातौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कार्यसमितिको नामावली र निर्णयहरू सार्वजनिक गर्ने भएको छ ।
आज काठमाडौँको नयाँ बानेश्वरस्थित अल्फाबिटामा नयाँ कार्यसमितिको नामावली र महाधिवेशनले गरेका निर्णयहरू सार्वजनिक गर्न लागेको हो ।
महासंघका महासचिव केदार प्रसाद देवकोटाका अनुसार महाधिवेशनबाट विभिन्न निर्णय भएका छन् । महासंघको सातौं महाधिवेशनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो ।






प्रतिक्रिया