काठमाडौँ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ ।
बाँकेको नेपालगञ्जमा हुने नवौं राष्ट्रिय महाधिवेशन आजदेखि चैत २९ गते सकिने भएको हो ।
महाधिवेशनको उद्घाटन समारोहलाई भव्य बनाउन सम्पूर्ण तयारी पूरा भएको युवा संघका अध्यक्ष किरण पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार उद्घाटन समारोहमा देशभरबाट दुई हजारभन्दा बढी प्रतिनिधिसहित १० हजार बढी नेता कार्यकर्ता सहभागी हुनेछन् । महाधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।
नयाँ नेतृत्वको विषयमा सहमति जुटाउने पहल सुरु भएको छ । एमालेका महासचिव शंकर पोखरेलले आकांक्षीहरुबीच सहमतिका लागि छलफल गर्न थाल्नुभएको हो ।
युवा संघको अध्यक्षका लागि तीन जना आकांक्षी देखिएका छन्। वर्तमान महासचिव क्षितिज थेवेसँगै उपाध्यक्षद्वय अञ्जना अधिकारी र सन्तोष रावलले अध्यक्षका लागि आकांक्षी देखाउनुभएको छ ।
महासचिव पोखरेलले युवा संघका इञ्चार्ज महेश बस्नेत, अध्यक्ष किरण पौडेलसहित पूर्वअध्यक्षहरु र अध्यक्षका आकांक्षीसँग सहमति जुटाउन छलफल थाल्नुभएको हो ।







प्रतिक्रिया