काठमाडौँ-राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने भएको छ ।
आजदेखि बाँकेको नेपालगञ्जमा सुरु हुने महाधिवेशनको उद्घाटन अध्यक्ष ओलीले गर्नुहुने भएको हो ।
अध्यक्ष ओलीले उद्घाटन गर्ने महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको युवा संघका अध्यक्ष किरण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार महाधिवेशनको उद्घाटन समारोहलाई भव्य बनाइएको छ ।
यस्तै महाधिवेशन उद्घाटन समारोहमा एमाले अध्यक्ष ओलीसँगै उपाध्यक्ष रामबहादुर थापा (बादल), महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य एंव मोर्चा संगठन इञ्चार्ज भानुभक्त ढकाल, पोलिटब्यूरो सदस्य महेश बस्नेतलगायतका नेताहरु सहभागी हुनेछन् ।
यस्तै उद्घाटन समारोहमा देशभरबाट दुई हजार भन्दा बढी प्रतिनिधिसहित १० हजार बढी नेता कार्यकर्ता सहभागी हुनेछन् ।
उद्घाटन समारोहमा कलाकार बद्री पंगेनी, राजा राजेन्द्र, अस्मिता अधिकारी, रवि वडलगायतले सांगीतिक प्रस्तुति दिने कार्यक्रम रहेको छ ।






प्रतिक्रिया