काठमाडौँ-प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने भएको हो ।
संघीय संसद्को सचिवालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।
यसैगरी, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त सेवा प्रसारण विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।






प्रतिक्रिया