अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महिला संघको अध्यक्षमा टुका हमाल चयन, अन्य पदमा को-को हुनुभयो निर्वाचित ?

महिला संघको अध्यक्षमा टुका हमाल चयन, अन्य पदमा को-को हुनुभयो निर्वाचित ?


काठमाडौँ-नेकपा एमालेको महिला भ्रातृ संगठन अखिल नेपाल महिला संघको अध्यक्षमा टुका हमाल चयन हुनुभएको छ । २५ गतेदेखि सुरु भएको सातौं राष्ट्रिय महाधिवेशनबाट टुका हमालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । 

एमाले नेतृ दिपा शर्माका अनुसार उपाध्यक्षहरू मेनुका काफ्ले, मेनका पोखरेल, रूकमणी राना, सुमित्रा वि।सी, शर्मिला कार्की र विमला राई पौडेल चयन हुनुभएको छ । 

यस्तै महासचिवमा पेम्बा लामा चयन हुँदा उपमहासचिवमा शान्ति अधिकारी चयन हुनुभएको  छ  । 

सचिवहरूमा विणा राई, विना साह, शारदा कुमाल, नरदेवि पुन, बिना ज्ञवाली, मीना रखाल र आशा बि। क चयन हुनुभएको छ ।  यस्तै महिला संघको कोषाध्यक्ष इन्दिरा फुयाँल चयन हुनुभएको छ । 

अन्य केन्द्रीय सदस्यको टुंगो आज लाग्ने निर्वाचन समितिले जनाएको छ ।