नेपालगन्ज – नेकपा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले माओवादीको फाँसीवादी चरित्र विरुद्ध राष्ट्रिय युवा संघ नेपाल टाउकोमा कफन बाँधेर आन्दोलनमा उत्रिएर नेपाली नागरिकलाई बचाउन सफल भएको बताउनुभएको छ।
राष्ट्रिय युवा संघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनलाई आज नेपालञ्जमा सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो।
संगठनका इञ्चार्ज समेत रहनुभएका बस्नेतले माओवादीले मानिसलाई कुट्ने र काट्ने गरिरहँदा राष्ट्रिय युवा संघ नेपालले यूथ फोर्स गठन गरेर नागरिकको सुरक्षा गरेको बताउनुभयो।
अतिवादी शक्ति धेरै समय नटिक्ने कुरा इतिहासले प्रमाणित गरिसकेको बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आज अतिवादी शक्ति कमजोर भएका छन् ।’






प्रतिक्रिया