नेपालगन्ज – नेकपा एमालेका महासचिव शङ्कर पोख्रेलले आगामी निर्वाचनमा नेकपा एमाले पहिलो शक्ति बन्ने दाबी गर्नुभएकाे छ।
राष्ट्रिय युवा सङ्घ नेपालको नवौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै महासचिव पोख्रेलले आगामी निर्वाचनमा पहिलो शक्ति बन्ने र बहुमतको सरकार निर्माण गर्ने दाबी गर्नुभएकाे हाे ।

उहाँले अहिलेको निर्वाचनमा पनि जनताको लोकप्रिय पार्टी एमाले रहेको पुष्टि भएको बताउनुभयाे । कांग्रेस एक्लै निर्वाचनमा होमिन डराएको भन्दै उहाँले भन्नुभयाे, ‘अघिल्लो निर्वाचनमा सबै पार्टी एक्ला एक्लै निर्वाचनमा होमिएको भए कांग्रेसले अहिले भन्दा धेरै सिट जित्न सक्थ्यो, एमालेले दोब्बर सिट हासिल गथ्यो र सरकार बनाउने थियो ।’
उहाँले अहिले नेपालको आर्थिक अवस्था दयनीय रहेकाे बताउनुभयाे । अर्थतन्त्र सङ्कटकाे डिलमा रहेकाे भन्दै उहाँले अहिलेको गठबन्धनको आयु धेरै नभएको बताउनुभयाे ।






प्रतिक्रिया