काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठे (गठबन्धन) संस्कृतिले देश निरन्तर ओरालोतर्फ लागेको बताउनुभएकाे छ।
राष्ट्रिय युवा संघको ९ औं महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले सरकार बनाउनका लागि जोसुकैसँग गठबन्धन गर्ने संस्कृतिको विकासले देश ओरालो लागेको बताउनुभएकाे हाे।
देशलाई ओरालो लाग्नबाट रोकेर सही बाटोमा देशलाई अगाडि लान सकिन्छ भन्ने कुरा आफू प्रधानमन्त्री हुँदाको छोटो अवधिमै प्रमाणित गरेर देखाएकोसमेत उहाँले बताउनुभयाे ।
अहिलेको सत्ता गठबन्धन कुनै राजनीतिक विचार र सिद्धान्तको आधारमा बनेको नभई केवल सरकारका लागि बनेको उहाँको भनाइ छ । उहाँले भन्नभयो, ‘गठे संस्कृति, यो गठबन्धनको संस्कृति । राजनीति छैन, विचार छैन । जेसुकै भएपनि, जसरी भएपनि एउटा निकक्मा सरकार बनाउनु पर्ने र कुकर्म गर्नुपर्ने खाल्को स्थिति बनाएको छ । यस्ता समस्याहरु छन् । यसले देशलाई ओरालो लगाएको छ ।’






प्रतिक्रिया