अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धनले देशको अर्थतन्त्र ध्वस्त बनाए: केपी शर्मा ओली

गठबन्धनले देशको अर्थतन्त्र ध्वस्त बनाए: केपी शर्मा ओली


नेपालगञ्ज – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको आर्थिक अवस्था श्रीलङ्काको जस्तै बन्न लागेको बताउनु भएको छ ।

सोमबार नेपालगञ्जमा सुरु भएको राष्ट्रिय युवा संघ नेपालको ९ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले समृद्ध नेपाल सुखी नेपाली नै नेकपा एमालेको प्रमुख उद्देश्य भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘एमालेले तीन वर्षको अवधीमा आर्थिक विकास र समृद्धिका लागि नमूना योग्य काम गरेको थियो, वर्तमान सत्ता गठबन्धनले देशको आर्थिक अवस्था ध्वस्त बनाएको अवस्था छ ।’

पार्टीको प्रमुख उद्धेश्य आर्थिक विकास र समृद्धि भएको अध्यक्ष ओलीले बताउनु भयो ।

अध्यक्ष ओलीले राष्ट्र बनाउने संकल्प एमालेसँग मात्रै रहेको भन्दै रोजगारीका लागि युवाहरु विदेश जाने अवस्था अन्त्य हुन आवश्यक भएको बताउनु भयो ।

महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै चैत २९ गते सकिने छ । महाधिवेशनमा करिब दुई हजार प्रतिनिधिको सहभागिता छ।