नेपालगञ्ज-नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको प्रमुख उद्देश्य आर्थिक विकास र समृद्धि भएको बताउनुभएको छ ।
सोमबार नेपालगञ्जमा सुरु भएको राष्ट्रिय युवा सङ्घ नेपालको ९औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले समृद्ध नेपाल सुखी नेपाली नै नेकपा (एमाले) को प्रमुख उद्देश्य हो भएको बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘एमालेले तीनवर्षको अवधिमा आर्थिक विकास र समृद्धिका लागि नमुनायोग्य काम गरेको थियो, वर्तमान सत्ता गठबन्धनले देशको आर्थिक अवस्था ध्वस्त बनाएको छ ।’
अध्यक्ष ओलीले सरकार बनाउनका लागि जोसुकैसँग गठबन्धन गर्ने संस्कृतिको विकासले देश ओरालो लागेको स्पष्ट गर्नुभयो ।
अहिलेको सत्ता गठबन्धन कुनै राजनीतिक विचार र सिद्धान्तको आधारमा बनेको नभई केवल सरकारका लागि बनेको उहाँको भनाइ छ ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘यो गठबन्धनको संस्कृति । राजनीति छैन, विचार छैन । जेसुकै भएपनि, जसरी भएपनि एउटा निकक्मा सरकार बनाउनुपर्ने र कुकर्म गर्नुपर्ने खालको स्थिति बनाएको छ । यसले देशलाई ओरालो लगाएको छ ।’






प्रतिक्रिया