काठमाडौँ-अखिल नेपाल किसान महासंघको सातौं महाधिवेशन झापामा हुने भएको छ । महासंघको महाधिवेशन चैत्र ३० र ३१ गते किसान आन्दोलनको उद्गम स्थल झापामा हुने भएको हो ।
महाधिबेवनको उद्घाटन नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने भएको छ ।
महाधिवेशनका लागि विभिन्न समिति, उपसमिति बनाएर काम गरिरहिएको महासंघका महासचिव खडक बहादुर खड्काले बताउनुभयो ।
महाधिवेशनमा देशभरबाट एक लाखभन्दा बढी प्रतिनिधि सहभागी हुने उहाँले बताउनुभयो ।
नेपालका किसानहरूको समस्यालाई अन्तर्राष्ट्रियकरण गर्नका लागि यही २९ गते दक्षिण एसियाली किसानहरूको भेला पनि हुने भएको छ । यसमा दक्षिण एसियाका विभिन्न किसान अगुवा तथा प्रतिनिधीहरुको उपस्थिति रहने पनि बताइएको छ ।
दक्षिण एसियाली किसानहरूको भेला झापाको झिलभिलेमा, अखिल नेपाल किसान महासंघको उद्घाटन सत्र कमलस्थित खुल्ला मैदान र बन्दसत्र दमकस्थित दाहाल प्रतिष्ठानमा हुने जनाइएको छ ।







प्रतिक्रिया