अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुख निवासमा प्रमुख तीन दलका शीर्ष नेताहरुबीच छलफल जारी

सभामुख निवासमा प्रमुख तीन दलका शीर्ष नेताहरुबीच छलफल जारी


काठमाडौँ-सभामुख देवराज घिमिरेको निवास बालुवाटारमा तीन दलका शीर्ष नेताहरुबीच  छलफल जारी रहेको छ । सभामुख घिमिरेको निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल सुरु भएको हो ।

छलफलमा सभामुख  घिमिरे, प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रहनुभएको छ । 

यस्तै बैठकमा एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने सहभागी पनि हुनुहुन्छ । यसैगरी महान्यायाधिवक्ता दीनमणि पोखरेल र पूर्व महान्यायाधिवक्ता रमेश बडाल पनि बैठकमा सहभागी हुनुभएको छ ।

नेताहरूबीच सत्य निरूपण तथा मेलमिलाप आयोगलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल केन्द्रित रहेको बताइएको छ ।