काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का रसुवा जिल्ला अध्यक्ष नेकपा (एमाले) प्रवेश गर्नुभएकाे छ। रसुवाका पुराना वामपन्थी नेता मानिने विष्णु देवकोटा पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नुभएकाे हाे।
एमाले अध्यक्ष ओलीकाे निवास बालकाेटमा आज आयाेजित एक कार्यक्रमबीच देवकाेटा एमालेमा प्रवेश गर्नुभएकाे हाे । कार्यक्रममा प्रदेश कमिटी सदस्य भरत विश्वकर्मा, जिल्ला समन्वय समितिका ठाकुर पौडेल लगायत नेता पनि एमाले प्रवेश गर्नुभएकाे थियाे । एमाले अध्यक्ष ओलीले उहाँहरुलाई पार्टीमा स्वागत गर्नुभएकाे थियाे ।
एकीकृत समाजवादीभित्रको आन्तरिक द्वन्द्वका कारण नेताहरुले पार्टी छाड्ने लहर चलिरहेको छ। केही दिनअघि मुकुन्द नेउपाने, केदार न्यौपाने र चुडामणि जंगलीलेसमेत पार्टी परित्याग गर्नुभएकाे थियाे।
पार्टीभित्रको ठूलो समूह असन्तुष्ट रहेको छ। प्रदेश कमिटी सदस्य भरत विश्वकर्मा तथा जिल्ला समन्वय समिती ठाकुर पौडेल पनि एमालेमै फर्किनुभएकाे छ।
















प्रतिक्रिया