अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपाले लियो ढाकाकुमारसँग एक घण्टा बयान

रास्वपाले लियो ढाकाकुमारसँग एक घण्टा बयान


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठसँग एक घण्टा बयान लिएको छ। रास्वपा अनुशासन समितिले मंगलबार दिउँसो पार्टी कार्यालय बसुन्धारमा सांसद श्रेष्ठसँग दुई करोड प्रकरणबारे एक घण्टा बयान लिएको हो ।

श्रेष्ठले ‘स्वास्थ्यमन्त्री बन्नका लागि सभापति रवि लामिछानेको कोर टिमलाई बुझाउन’ भनी दुर्गा प्रसाईँसँग २ करोड मागेको अडियो आइतबार सार्वजनिक भएको थियो । 

रास्वपाले सोही दिन सांसद श्रेष्ठलाई एक सातासम्मका लागि निलम्बन गरेर छानबिन प्रक्रिया अगाडि बढाएको छ। 

रास्वपा अनुशासन समितिका संयोजक भरतमणि देवकोटाले भन्नुभयो, ‘ ढाकाकुमार श्रेष्ठको आज बयान दिने काम भएको छ। पार्टी कार्यालयमा हामीले एक घण्टा बयान लियौं ।’ 

सोमबार साँझ पार्टीको ताकेतापछि श्रेष्ठले आफ्नो स्पष्टीकरण बुझाउनु भएको थियो । स्पष्टीकरणका अडियोमा सुनिएको आवाज आफ्नो नभएको र इडिट गरिएको श्रेष्ठको दाबी छ । तर उहाँले यस विषयमा पार्टीले गर्ने जुनसुकै निर्णय आफूलाई स्वीकार्य हुने बताउनु भएको छ ।