अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सांसद श्रेष्ठमाथि निर्णय गर्न रास्वपाको बैठक बस्दै

सांसद श्रेष्ठमाथि निर्णय गर्न रास्वपाको बैठक बस्दै


काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ । सांसद ढाकाकुमार श्रेष्ठसँग  जोडिएको अडिओबारे निर्णय लिन आज दिउँसाे २ बजे केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।

केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद ढाकाकुमार श्रेष्ठले घुस डिल गरेको अडियोसम्बन्धी प्रतिवेदन मंगलबार सभापति रवि लामिछानेलाई बुझाएकाले निर्णय लिन केन्द्रीय समितिको बैठक बस्न लागेको छ ।

समितिसँगको बयानमा सांसद श्रेष्ठले अडिओ आफ्नो नभएको बताएका छन् । उनले दुर्गा प्रसाईँलाई नचिनेको र फोन संवादसमेत नगरेको दाबी छन् ।