अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

किसान सम्मेलनको तयारी पूरा, अध्यक्ष ओली झापा जानुहुँदै

किसान सम्मेलनको तयारी पूरा, अध्यक्ष ओली झापा जानुहुँदै


काठमाडौँ-दक्षिण एशियाली किसान सम्मेलन तथा नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघको सम्मेलनलाई सम्बोधन गर्न पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा जाँदै हुनुहुन्छ ।

यही चैत २९ गते हुने दक्षिण एशियाली किसान सम्मेलन र ३० गते किसान महासंघको महाधिवेशनमा सहभागी हुन उहाँ आज झापा जान लाग्नुभएको हो ।  

किसान महासंघले मंगलबार दमकमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष डा। प्रेम दंगालले दुवै समारोहलाई अध्यक्ष ओलीले उद्घाटन तथा संवोधन गर्ने जनाउनु भएको हो । 

महासंघका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटीले देशभरिबाट आउने प्रतिनिधीहरुको बसोबासको व्यवस्थापन दमकमा मिलाइएको जानकारी दिनुभयो । 

किसान महासंघको महाधिवेशन, वन्दसत्र र दक्षिण एशियाली किसान सम्मेलनका लागि सबै तयारी पूरा भएको उहाँले जानकारी दिनुभयो । सम्मेलनको उद्घाटनमा करिब १ लाख प्रतिनिधिको सहभागिता रहने दाबी आयोजकको छ ।