काठमाडौँ-नेकपा (एकीकृत समाजवादी) का रसुवा अध्यक्ष विष्णु देवकोटासहित जिल्ला र प्रदेशस्तरका नेताहरू नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
एमाले प्रवेश गर्नेमा जिल्ला कमिटी अध्यक्ष देवकोटासहित प्रदेश कमिटी सदस्य भरत विश्वकर्मा र जिल्ला कमिटी सचिवालय सदस्य ठाकुर पौडेल रहनुभएको छ । उहाँहरूलाई अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा पार्टी प्रवेश गराउनुभएको हो ।
पार्टीद्वारा जारी मिसन ग्रासरुट अभियानअन्तर्गत रसुवामा खटिएका पार्टी पोलिटब्युरो सदस्य ईश्वर बहादुर रिजाल (ईश्वरी) ले उहाँहरूको पार्टी प्रवेशको चाँजोपाँजो मिलाउनुभएको थियो ।
प्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष ओलीले एमाले देश बनाउने तीव्र अठोटका साथ अघि बढिरहेको बताउनुभयो ।







प्रतिक्रिया