अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘समृद्धि पक्षधर एमाले र विकास विरोधीबीचको प्रतिस्पर्धा’ 

‘समृद्धि पक्षधर एमाले र विकास विरोधीबीचको प्रतिस्पर्धा’ 


तनहुँ-तनहुँ निर्वाचन क्षेत्र नं. १ मा आगामी वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनलाई केन्द्रित गरी नेकपा (एमाले) महिला  निर्वाचन परिचालन समितिको आयोजनामा तनहुँ क्षेत्र नम्बर १ मा महिला विस्तारित बैठक सम्पन्न भएको छ । 

पार्टी सचिव पद्मा अर्यालको प्रमुख आतिथ्यता र महिला निर्वाचन परिचालन समितिकी संयोजक कलाकुमारी ढकालको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । 

बैठकमा पार्टी केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन समितिका संयोजक भगवती न्यौपाने पनि सहभागी हुनुहुन्थ्यो । बैठकमा गाउँ, वडा तथा टोलमा महिलाहरूलाई परिचालन गर्ने योजना बनाइएको छ । 

बैठकलाई सम्बोधन गर्दै सचिव अर्यालले निर्वाचनमा एमाले र अरू पार्टीको मात्रै प्रतिस्पर्धा नभई राष्ट्रवाद र राष्ट्रघातबीच साथै विकास समृद्धि पक्षधर र विकास विरोधीबीचको प्रतिस्पर्धा भएको बताउनुभयो ।

नेपालीको स्वाभिमानका लागि र गुलामी गर्नेहरूलाई परास्त गर्न नेकपा (एमाले) ले निर्वाचनमा जित्नुपर्ने धारणा उहाँले राख्नुभयो । 

यसैगरी, तनहुँको आँबुखैरनी गाउँपालिका कमिटीको आयोजनामा गोरखा जिल्लाका नेता कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । 

पार्टी सचिव पद्मा अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । 

भेटघाटमा गोरखाबाट तनहुँ बसाई सरेर आउनुभएका मतदाताहरुलाई नेकपा (एमाले) का उम्मेदवारलाई मतदान गरी विजयी गराउन अपिल गरिएको छ । 

यस्तै, भानु नगरपालिका वडा नम्बर १ मा कार्यकर्ता भेला, वडा नम्बर ६ मा निर्वाचन परिचालन कमिटीको सम्पर्क कार्यालयको उद्घाटन र वडा नम्बर १० मा कार्यकर्ता प्रशिक्षण भेला सम्पन्न भएको छ । पार्टी केन्द्रीय सदस्य मायानाथ अधिकारीको उपस्थितिमा  कार्यक्रम सम्पन्न भएको हो ।