काठमाडौं – नेकपा एकीकृत समाजवादी ललितपुर जिल्लाका नेता तथा कार्यकर्ताहरु नेकपा एमालेमै फर्किएका छन्।
एमालेमा फर्किनेहरूमा नेकपा एस जिल्ला कमिटी सचिव सुदर्शन मिश्र, केन्द्रीय निर्वाचन विभाग सदस्य तथा जिल्ला कमिटी सदस्य शिलग्राम मिश्र, जिल्ला कमिटी सदस्य राजेन्द्र थापा, ऋषिराज भेटवाल, माधव बन्जारा, कृष्ण महर्जन, राजन घिमिरे, रानुमैया कार्की लगायत ३९ जना एमालेमै फर्किएका हुन् ।
पार्टी कार्यालय ललितपुर च्यासलमा भएको कार्यक्रममा नेताहरूलाई महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गर्नुभयो।
नेताहरूलाई पार्टीमा स्वागत गर्दै कम्युनिष्ट आन्दोलनको रक्षाका लागि माओवादीसँग पार्टी एकता गर्दा समेत असफल बनाइएको बताउनु भयो ।









प्रतिक्रिया