अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपाललाई योगेश भट्टराईको प्रश्न: होसमा हुनुहुन्छ कि हुनुहुन्न ?

माधव नेपाललाई योगेश भट्टराईको प्रश्न: होसमा हुनुहुन्छ कि हुनुहुन्न ?


काठमाडौं – नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेबाट संसद विघटन हुँदैछ भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउनुभएको छ।

आज नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचिव भट्टराईले एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमालेबाट संसद विघटन हुँदैछ भनेर अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाउनुभएको हो।

उहाँले अध्यक्ष नेपालको अभिव्यक्ति शंकास्पद रहेको पनि बताउनुभयो । उहाँले नेपाल दुरुस्त भएर बोलेको जस्तो नलागेको भन्दै होसमा हुनुहुन्छ कि हुनुहुन्न भनेर प्रश्न समेत गर्नुभयो । सचिव भट्टराईले एमाले प्रतिपक्षमा भएको भन्दै प्रतिपक्षमा भएको पार्टीले कसरी संसद विघटन गर्छ भनेर पनि प्रश्न गर्नुभयो ।

उहाँले कांग्रेस सभापतिले भविष्यमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्नसक्ने कुरा अभिव्यक्त गरेकोमा कांग्रेस ब्युँझिएको टिप्पणी गर्नुभयो । उहाँले कांग्रेस नेतृत्वमा सरकार बन्नु संवैधानिक अधिकार भएपनि कांग्रेसले सो अधिकारको प्रयोग गर्न नसकेको बताउनुभयो । उहाँले अहिले कांग्रेस आफ्नो हैसियतमा नरहेको बताउनुभयो ।

सचिव भट्टराईले देशमा तमाम समस्याहरु भएपनि नेपाली कांग्रेस रमिते बनेर बसिरहेको बताउनुभयो ।