अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘कोशी’ नामाकरण पहिचानको आधारमा अराजक गतिविधि नगर्न आदिवासी जनजाति महासंघको चेतावनी

‘कोशी’ नामाकरण पहिचानको आधारमा अराजक गतिविधि नगर्न आदिवासी जनजाति महासंघको चेतावनी


काठमाडौं – एमालेनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघले कोशी प्रदेश नामकरण तत्कालीन प्रदेशसभाको दुई तिहाईभन्दा बढी मतले गरेको भन्दै उच्छृंखल गतिविधि नगर्न चेतावनी दिएको छ ।

महासंघका अध्यक्ष पासाङ शेर्पाले एक विज्ञप्ति जारी गर्दै नामकरणको विरोधमा गतिविधि गर्ने क्रममा एमालेका प्रदेशसभा सांसद तथा मुख्यमन्त्रीलाई गरिएको भौतिक आक्रमण, सार्वजनिक गाली बेइज्जती तथा अभद्र व्यवहार खेतजनक भएको र यसप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ ।

कोशी प्रदेशको नामगकरण गर्दा किराँत सभ्यताको पहिचान जनित नामकरण गरियोस् भन्ने आन्दोलनरत समुदायको भावनाप्रति महासंघको सम्मान रहेको जनाएको छ ।

महासंघले आन्दोलनका नाममा हुने प्रदेशसभा सांसदहरुमाथि आक्रमण, गाली बेइज्जी तथा अभद्र व्यवहार जस्ता कार्यहरु तुरुन्त बन्द गर्न आग्रह गरेको हो ।