अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

किसान महासंघको महाधिवेशन आजदेखि, एमाले अध्यक्ष ओलीले उद्घाटन गर्नुहुने 

किसान महासंघको महाधिवेशन आजदेखि, एमाले अध्यक्ष ओलीले उद्घाटन गर्नुहुने 


काठमाडौँ-नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघको महाधिवेशन आजदेखि सुरु हुँदै छ । दुई दिनसम्म चल्ने महासंघको सातौं महाधिवेशनको  उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुने भएको हो । 

कमलस्थित खुल्ला मैदान १२ बजे अध्यक्ष ओलीले उद्घाटन गर्ने महाधिवेशनको सम्पूर्ण तयारी भइसकेको महासंघका महासचिव खडक बहादुर खड्काले बताउनुभयो । 

महाधिवेशनको उद्घाटनका लागि अध्यक्ष ओली झापा पुगिसक्नुभएको छ भने उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताहरू आज जाने तयारीमा हुनुहुन्छ ।  

महाधिवेशनमा देशभरबाट एक लाखभन्दा बढी प्रतिनिधि सहभागी हुने महासंघका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार देशभरिबाट आउने प्रतिनिधीहरुको बसोबासको व्यवस्थापन दमकमा मिलाइएको छ । 

महासंघको उद्घाटन सत्र कमलस्थित खुल्ला मैदान र बन्दसत्र दमकस्थित दाहाल प्रतिष्ठानमा हुने जनाइएको छ ।

नेपालका किसानहरूको समस्यालाई अन्तर्राष्ट्रियकरण गर्नका लागि हिजो दक्षिण एसियाली किसानहरूको भेला पनि भएको थियो । भेलामा दक्षिण एसियाका विभिन्न किसान अगुवा तथा प्रतिनिधीहरुको उपस्थिति रहने बताइएको छ ।