बाँके । बाँकेको नेपालगन्जमा जारी नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको नयाँ नेतृत्व सर्वसम्मत गर्ने अन्तिम तयारी भएको छ ।
नवौँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत घोषणाको अन्तिम तयारी भएको हो ।
निर्वाचन समितिले निर्वाचनको सबै तयारी पूरा गरेपनि हिजो राती नेता महेश बस्नेत, राजीव पहारीको पहलमा सर्वसम्मतको थालनी भएको हो ।
निर्वाचन प्रक्रिया लम्बिएपछि पूर्वनिर्धारित समयमा महाधिवेशन नसकिने भएकाले सर्वसम्मत गर्न पहल थालिएको बताइएको छ ।
विधान संशोधन गरेर ३ बाट उपाध्यक्षको संख्या बढाएर ७ बनाइएको छ । यस्तै सचिवको संख्या घटाइएको एक नेताले बताए ।
अध्यक्षमा क्षितिज थेवे र महासचिवमा सुमन पुरीलाई सर्वसम्मत गर्न तयारी गरिएको स्रोतले बताएको छ ।






प्रतिक्रिया