अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एकीकृत समाजवादीका नेता अधिकारीद्वारा पार्टी परित्याग

एकीकृत समाजवादीका नेता अधिकारीद्वारा पार्टी परित्याग


हेटौँडा-नेकपा (एकीकृत समाजवादी)का  नेता मधु अधिकारीले पार्टी परित्याग गर्नुभएको छ । एक वर्ष अगाडि राप्रपाबाट समाजवादीमा प्रवेश गर्नुभएका अधिकारीले उक्त पार्टी पनि परित्याग गर्नुभएको हो । 

एकीकृत समाजवादीको केन्द्रीय निर्वाचन आयोगका सदस्य रहनुभएका उहाँले अहिलेको अवस्थामा नेताहरु पदको लागि जोसँग पनि मिल्ने प्रवृत्ति देखिएको भन्दै पार्टी परित्याग गर्दै स्वतन्त्र रहने निर्णय गर्नुभएको हो ।

उहाँले अहिलेको गठबन्धन लामो समयसम्म टिक्ने सम्भावना नरहेको बताउनुभएको छ । देशको अवस्था  कमजोर हुँदै गएको तर नेतृत्वले कुरा नबुझेकाले  आफूले पार्टी परित्याग गरेको बताउनु भयो ।