पोखरा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले सरकारमा रहेका पार्टीले चुनाव जित्नका लागि मात्र सरकारलाई समर्थन दिएको बताउनु भएको छ ।
पोखरामा शुक्रबार पत्रकारहरुसँग कुराकानी गर्दै प्रवक्ता शाहीले अहिलेको सत्ता साझेदार दलले चुनाव जित्नकै लागी मात्र सरकारलाई समर्थन गरेकाले वैशाख १० पछि सरकार ढल्ने बताउनु भएको हो।
प्रवक्ता शाहीले भन्नभयो, ‘केही साथीहरुले अहिलेको सरकारलाई समर्थन गरेको भनेको आफू चुनाव लड्नलाई मात्रै हो। जुन दिन चुनाव जित्छन्, त्यही दिन त्यो सरकारलाई दिएको समर्थन फिर्ता हुन्छ। र सरकार ढल्छ ।’
फेल भएपनि पटकपटक नेतृत्वमा पुग्ने प्रवृतिले मुलुकलाई धरासाय बनाएको प्रवक्ता शाहीले आरोप लगाउनु भयो । उहाँले भन्नुभयो, ‘हामी कुनै एउटा कक्षा फेल भयौं भने फेरि त्यहिँ कक्षा पढ्नुपर्छ । कक्षा बढाउन पाइदैन । तर, यहाँ जतिपटक फेल भएपनि पटकपटक नेतृत्वमा पुग्ने प्रवृतिको विकास भयो । यसले मुलुकलाई धरासाय ग¥यो । वैशाख १० गते पछि संसदीय अंकगणितको राजनीति फरक तरिकाले अगाडि बढ्छ ।’
प्रतिक्रिया