काठमाडौँ-नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले नयाँ वर्षको सुरुवातसँगै ‘समीकरण’ को खेलपनि सकिने बताउनु भएको छ ।
आज सामाजिक सञ्जालमा लेख्नुहुँदै उहाँले ‘समीकरण’ को खेलको ‘सिजन’ अन्त्य गर्न सके ‘नियन्त्रित अस्थिरता’को सपना देख्नेलाई परास्त गर्न सकिने बताउनुभएको हो । त्यसपछि मात्रै राजनीतिमा नयाँ ‘न्यारेटिभ’ निर्माण गर्न सकिने टिप्पणी गर्नुभएको छ ।
‘२०८० वैशाख १० गतेपछि यो ‘सिजन’को चुनावी प्रक्रिया टुङ्गिन्छ । जो/जो मिलेर सरकार बनाएको भएपनि ‘विषय आधारित’ कार्यक्रम लागु गर्नु सहकार्यमा रहनेहरुको अबको जिम्मेवारी हुन्छ । सरकार हेरफेरको खेल कहीँ पनि अनन्तकालसम्म हुँदैन,’ उहाँले लेख्नुभएको छ, ‘नयाँ सालको सुरुवातसँगै ‘समीकरण’ नामको यस खेलको ‘सिजन’ अन्त्य गर्न सके ‘नियन्त्रित अस्थिरता’को सपना देख्नेलाई परास्त गर्न सकिन्छ । राजनीतिमा अनि मात्र नयाँ ‘न्यारेटिभ’ निर्माण गर्न सकिन्छ ।’
उहाँले अहिले निर्वाचनमा राजनीतिमा सिण्डिकेट चलेको बताउनुभयो । ‘निर्वाचनमा एक पार्टीका विरुद्ध ५र७ पार्टीको गठबन्धन सिण्डिकेट हो, विचार र विषयको पनि नियोजन हो । जे जस्तो परिणाम आएपनि निर्वाचनपछि सरकार दिनु पार्टीहरुको दायित्व हो । एक्लै वा २र३ पार्टी मिल्दा समेत सरकार नबन्ने अवस्थामा ८/१० पार्टी मिलेरै भएपनि सरकार बनाउनु चाहिँ सहकार्य हो,’ उहाँले भन्नुभएको छ ।






प्रतिक्रिया