चितवन-नेकपा (एमाले) का सचिव योगेश भट्टराईले यही वैशाख १० गते हुन गइरहेको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा चितवन– २ का बहुसङ्ख्यक जनताले एमालेको पक्षमा मत जाहेर गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
भरतपुर–१२ मा शनिबार एमालेद्वारा गरिएको चुनावी घरदैलोमा सहभागी हुँदै सचिव भट्टराईले नयाँ पार्टीप्रति जनतामा आशाको भ्रम पैदा भएको र त्यो दिनानुदिन हट्दै गएको बताउनुभयो ।
‘यो निर्वाचन क्षेत्र एमालेको राम्रो प्रभाव भएको ठाउँ हो, विगत निर्वाचनमा केही भ्रमहरू सिर्जना गरिए । अहिले भ्रमहरू हट्दै गएको पाएँ । एमालेको जित हुनेमा विश्वस्त छु’ कार्यकर्ता माझ भट्टराईले भन्नुभयो ।
जनतामा सुशासनको लोकप्रिय नारा लगाउँदै मत पाएर गएकाले चार महिनामै आफ्नो चरित्र देखाएको उहाँको भनाइ छ ।
समृद्ध नेपाल निर्माण गर्ने ठोस कार्ययोजना सहित एमाले अघि बढेको बताउँदै उहाँले अन्य पार्टीका गतिविधि र कार्यशैलीका कारण जनतामा निराशा छाएको उहाँको भनाइ छ ।






प्रतिक्रिया