अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनप्रतिनिधिहरूको अनुभव आदन प्रदान

जनप्रतिनिधिहरूको अनुभव आदन प्रदान


झापा – नेकपा एमाले कमल गाउँ कमिटीले पूर्व जनप्रतिनिधि र वर्तमान जनप्रतिनिधीहरूबीच अनुभव आदन प्रदान कार्यक्रम सम्पन्न गरेको छ।

कमल ३ स्थित सिहंदेवी सामुदायीक भवनमा गाउँ कमिटी अध्यक्ष प्रेमबहादुर पोखरेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पार्टी केन्द्रिय सदस्य तथा मिशन ग्रास रुट अभियानकी अभियन्ता ईन्दू गौतमको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा जनपक्षिय काल देखि वर्तमान कार्यकाल सम्मका जनप्रतिनिधीहरुको सहभागीता रहेको एमाले गाउँकमिटी सचिव हरि ढकालले जानकारी दिनुभयो । वक्ताहरुले विगत देखि नै नेकपा एमालेले मात्रै जनताका समस्या संवोधन गरेको र अहिलेको अवस्थामा पनि संघीय सरकारमा एमाले प्रतिपक्षमा रहे पनि जनताको सवैभन्दा बढी अपेक्षा र भरोसा एमाले प्रतिनै रहेको बताउनु भयो । कार्यक्रममा पूर्व जनप्रतिनिधीहरुले जनताका आवश्यकता र मागलाई प्राथमिकता दिएर कार्यसम्पादन गर्न वर्तमान जनप्रतिनिधीहरुलाई सुझाव दिनुभयो ।