काठमाडौं – नेकपा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकालले अब एमालेको एकल बहुमतको सरकार बनाउने गरी लाग्नु पर्ने बेला आएको बताउनुभएको छ।
पेशागत महासंघ नेपाल, राष्ट्रिय समितिद्वारा नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्नुहुँदै पूर्व मन्त्री ढकालले चौतरर्फी घेराबन्दी गरेर एमालेलाई सरकारमा जान नदिने दाउपेच भएकाले अब एमाले एक्लैको बहुमतको सरकार बन्ने गरी लाग्नु पर्ने बेला आएको बताउनुभएको हो।
नेता ढकालले पेशागत महासंघ नेपालमा आबद्ध रहेका हरेकले अब दह्रो भएर हिड्न सुझावसमेत दिनुभयो । पूर्व मन्त्री ढकालले महासंघको सातौं सम्मेलनबाट म्यान्डेट पाएका साथीहरुले पहिला भन्दा अझ सशक्त ढङ्गले संगठन चलायमान बनाउनु पर्नेमा जोडदिनु भयो । उहाँले एमालेका २३ वटा संगठन मध्ये २२ वटा संगठनमा सर्बसम्मत नेतृत्व चयन गरेको बताउनुभयो । उहाँले १३ वर्षसम्म नभएको संगठनको सम्मेलन पार्टी विभाजन पश्चात् १३ महिनामा सम्पन्न गरेको बताउनुभयो । पार्टीको सहयोगले नै गर्दा सबै जना संगठनको सम्मेलन गर्न सम्भव रहेको बताउनुभयो।
कार्यक्रममा पेशागत महासंघका इन्चार्ज बाबुराम थापाले हालै सम्पन्न भएको पेशागत महासंघ नेपालको ७ औ सम्मेलन एकता सम्मेलन भएको बताउनुभयो । उहाँले यस संगठनलाई प्रदेशतर्फ पनि क्रियाशील बनाउदै रुपान्तरण गर्दै लैजानु पर्ने बताउनुभयो।
पेशागत महासंघका सह इन्चार्ज रचना खड्काले पार्टीमा भएको फुटका कारण सबै भन्दा बढी यस संगठनलाई असर परेको बताउनुभयो । उहाँले अब यो संगठन एकतासहित अगाडि बढ्नु पर्ने बताउनुभयो। उहाँले अब यस संगठनमा आबद्ध साथीहरुले ड्युटीमा अल्झेर नबस्ने डेलिभरि दिनु पर्ने बताउनुभयो।
पेशागत उपत्यका विशेष जिल्ला कमिटीका अध्यक्ष प्रेम कुमार पराजुलीले निष्ठा र इमानले पेशागत विषयलाई उठान गर्दै सबै जना अगाडी बढ्नु पर्ने बताउनुभयो।
कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइरालाले वैदेशिक सम्बन्धलाई सुधार गर्दै लैजानु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा पेशागत महासंघ नेपालका अध्यक्ष पुण्य प्रसाद ढकालले मिसन गुड गर्भरनेन्स, मिसन एन्टी करप्सन अभियान संचालन गर्न आवश्यक रहेको बताउनुभयो । अध्यक्ष ढकालले भ्रस्टाचारलाई निर्मुल पार्न कठिन छ तर परिश्रम गर्यो भने सम्भव हुने र समृद्ध नेपाल, सुखी नेपालीमा पुग्न सकिने बताउनुभयो ।
कार्यक्रममा महासंघका उपाध्यक्ष भोलानाथ पोखरेल, प्रेम कुमार पराजुली, डा. बाबुराम अधिकारी लगायतले बोल्नुभएको थियो।






प्रतिक्रिया