अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभाको बैठक बस्दै

राष्ट्रियसभाको बैठक बस्दै


काठमाडौँ-संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक बस्दै छ । आज  तेह्रौं अधिवेशनको १७औँ बैठक दिउँसो १ बजे बस्ने भएको हो । 

संघीय संसद् सचिवालयका अनुसार बैठकमा  प्रतिवेदन र शोक प्रस्ताव प्रस्ताव पेश हुनेछ ।  

आजको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती)ले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६, ०७६/०७७ र ०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्यांकन प्रतिवेदन, २०७९ छलफलका लागि पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । 

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिलसिनाले पूर्वसांसद तेजमान तुम्वाहाम्फेको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।