काठमाडौँ-प्रमुख तीन दलका शीर्ष नेताहरूबीच आज भेटवार्ता हुँदैछ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट आज बिहान ९ बजे तीन दलका शीर्ष नेताहरुबीच भेटवार्ता हुन लागेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच विधेयकबारे छलफल हुन लागेको जनाएको छ ।
एमाले अध्यक्ष ओलीको स्वास्थ्य लाभको कामना गर्ने र संसदमा विधेयक अगाडि बढाउने विषयमा छलफल गर्ने कार्यसूची रहेको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।
तीनदिनयता एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या भएर छलफल अवरुद्ध हुन पुगेको थियो ।






प्रतिक्रिया