अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपनिर्वाचनमा सोसल साइट दुरुपयोगले हद नाग्यो : एमाले नेता बास्कोटा

उपनिर्वाचनमा सोसल साइट दुरुपयोगले हद नाग्यो : एमाले नेता बास्कोटा


काठमाडौँ-पूर्वमन्त्री तथा नेकपा एमालेका पोलिटब्यूरो सदस्य गोकुल बास्कोटाले उपनिर्वाचनका क्रममा सोसल साइट दुरुपयोगले हद नागेको बताउनु भएको छ ।

सामाजिक सञ्जाल ट्वीटरमा बास्कोटाले लोकतन्त्रमा सबैलाई बोल्ने हक, कसैप्रति आलोचना र समर्थन गर्ने छुट भएपनि त्यसको दुरुपयोग हुन नहुने बताउनुभएको हो । 

उहाँले दुरुपयोग रोक्न कानुन खै भन्दै प्रश्न समेत गर्नुभएको छ । 

‘लोकतन्त्र त्यो प्रणाली हो जहाँ सबैलाई बोल्ने हक छ । कसैप्रति समर्थन र आलोचना गर्ने छुट छ। प्रश्न र जवाफदेहिताभन्दा माथि कोही छैन। उपनिर्वाचनमा सोसल साइट दुरुपयोगले हद नाग्यो,’ बास्कोटाले ट्वीटरमा लेख्नुभएको छ, ‘ म जान्दिन तर कोलम्बसले अमेरिका पत्ता लगाउनुभन्दा ४० वर्षअघि नै नेपाली कालीगढले चागनारायण बनाका थिए । कानुन खै ?’

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकताहरू आफ्ना नेताविरुद्ध बोल्नेहरूमाथि बेइज्जेतीपूर्ण तरिकाले सोसल साइटमा जाइलागेपछि बास्कोटाको यस्तो टिप्पणी गर्नु भएको हो ।