अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपनिर्वाचनमा तनहुँ-१ सहित तीनवटै क्षेत्रमा एमालेले चुनाव जित्छ: पद्मा अर्याल

उपनिर्वाचनमा तनहुँ-१ सहित तीनवटै क्षेत्रमा एमालेले चुनाव जित्छ: पद्मा अर्याल


तनहुँ – नेकपा एमालेकी सचिव एवम् पूर्वमन्त्री पद्माकुमारी अर्यालले मुलुकमा परिवर्तन र विकासको नेतृत्व गरेकै कारण मंसिर ४ गतेको निर्वाचनबाट एमाले जनताको लोकप्रिय पार्टी बनेको दावी गर्नुभएको छ।

प्रेस चौतारी नेपाल तनहुँले आयोजना गरेको कार्यक्रममा सचिव अर्यालले तत्कालीन सत्ताधारी दलहरूले महागठबन्धन बनाएर एमाले सिध्याउन हरेक कोशिस गरे पनि जनताको बलमा एमाले घेराबन्दी तोड्न सफल भएको उहाँले बताउनु भयो । देशमा सत्तासीन गठबन्धनका नाममा एमाललेलाई हराउन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति लागेको उहाँको भनाइ छ। एमाले जनताको पार्टी भएको र विभिन्न परिवर्तन तथा विकासको नेतृत्व गरेकै कारण सम्पूर्ण घेराबन्दी तोड्न सफल भएको अर्यालले बताउनु भयो ।

गएको चुनाव देशमा परिवर्तनकामी शक्ति र परिवर्तनविरोधी शक्तिकोबीचमा प्रतिस्पर्धा भएको उहाँको भनाइ छ । एमालेले परिवर्तनको नेतृत्व गर्‍यो भने गठबन्धनका दलहरुले परिवर्तन विरोधीको नेतृत्व गरेको बताउँदै उहाँले त्यति धेरै शक्ति मिलेर पनि एमालेको शक्तिलाई हराउन नसकेको बताउनु भयो ।

एमाले लोकप्रिय पार्टी भएकै कारण वैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँ-१ सहित तीन वटै क्षेत्रमा एमालेले जित हासिल गर्ने तर्क सचिव अर्यालको छ। गठबन्धनका नाममा सरकार र सत्तासिन दलले जनविरोधी काम गरेको उहाँले बताउनु भयो । देशमा एमालेले खेलेको भूमिका आम जनताले बुझेको बताउँदै उहाँले देशमा स्थिरता चाहाने, विकास र सार्वभौमसत्ता, भौगोलिक अखण्डतामा एमाले प्रष्ट पार्टी भएको बताउनु भयो ।