काठमाडौँ-मानवअधिकार एलाइन्सले मीटरब्याजी पीडितका माग तत्काल सम्बोधन गर्न माग गरेको छ ।
आज मानवअधिकार एलाइन्सका अध्यक्ष मीनबहादुर शाहीले विज्ञप्ति जारी गर्दै हिजो आफ्नो माग राख्दा मीटरब्याजीमाथि प्रहरले लाठी चार्ज र पानीको फोहरा प्रयोग गरेको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको हो ।
सरकारले शान्तिपूर्ण प्रदर्शनमा बल प्रयोग गरेर मानवअधिकारको उल्लंघन गरेको भन्दै पीडितहरूलाई थप पीडित बनाएको मानवअधिकार एलाइन्सले ठहर गरेको छ ।
मानवअधिकार एलाइन्सले पीडितका माग तत्काल सम्बोधन गरी न्याय प्रदान गर्न, घाइतेहरूको उपचार गर्न, मानवअधिकारको सम्मान गर्न तथा नागरिक स्वतन्त्रताको सुनिश्चितता गर्न माग गरेको छ ।





प्रतिक्रिया