अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बारा-२ मा बाबुरामले उपनिर्वाचनमा उपेन्द्रलाई नसघाउने

बारा-२ मा बाबुरामले उपनिर्वाचनमा उपेन्द्रलाई नसघाउने


काठमाडौं – डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले बारा क्षेत्र-२ को उपनिर्वाचनमा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवलाई नसघाउने भएको छ।

एक वर्षअघि उपेन्द्र यादव नेतृत्वको जसपाबाटै छुट्टिएर नेसपा बनाएका भट्टराईले चितवन २ र तनहुँ १ मा भने कांग्रेसका उम्मेदवारहरु जीतनाराण श्रेष्ठ र गोविन्द भट्टराईलाई सघाउने निर्णय गरेका छन्।

केन्द्रीय कार्यालय सुविधानगरमा मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले बारा-२ मा सत्ता गठबन्धनका उम्मेदवार यादवलाई नसघाउने निर्णय गरेको एक नेताले बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामीले चितवन-२ र तनहुँ १ मा कांग्रेसलाई सघाउने निर्णय गरेका छौं । बारा २ को हकमा हामी कसैलाई पनि नसघाउने निर्णयमा पुगेका छौँ।’