अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धनको भविष्य धेरै लामो छैन: शंकर पोखरेल

गठबन्धनको भविष्य धेरै लामो छैन: शंकर पोखरेल


सुर्खेत – नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सत्ता गठबन्धन पूर्णरुपमा असफल भएको दाबी गर्नुभएको छ।

आज कर्णाली राजधानी सुर्खेत वीरेन्द्रनगरमा एमाले संगठन सुदृढीकरण तथा विस्तार मिसन ग्रासरुट अभियानअन्तर्गत बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले १० दलीय गठबन्धन स्वार्थमा आधारित भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी वर्तमान स्थानीय चुनावमा गठबन्धनका कारण सोचेको जस्तो परिमाण प्राप्त गर्न सकेनौं । नेपाली कांग्रेसलाई भनेको थियौं निर्वाचनमा एक्ला एक्लै लाग्यौं भनेर तर मानेनन् । यदि एक्लाएक्लै चुनावमा भिडेको भए एमालेले अहिलेको भन्दा दोब्बर मत प्राप्त गर्ने थियौं।’

महासचिव पोखरेलले नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन धेरै लामो भविष्य नभएको र आफैं नै संकटमा रहेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘मुलक अहिले आर्थिक संकटमा गुज्रिएको छ। यदि एमालेले नेतृत्व गर्न पायौं भने यी कुराहरु समाधान भएर जाने छन् ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेलाई धोका दिएको होइन प्रचण्डले आफैंलाई धोका र माओवादी आन्दोलनलाई पनि नराम्रोसँग धोका दिएको बताउनु भयो।

प्रचण्डले माओवादी आन्दोलनको भविष्य असुरक्षित बनाउने काम गरेको पोखरेलले आरोप लगाउनु भयो।

महासचिव पोखरेलले नेकपा एमालेलाई पहिलो पार्टीका रूपमा राजनीतिलाई स्थायीत्व गर्नका लागि दुई महिने मिसन ग्रासरुट अभियान सञ्चालन गरेको बताउनु भयो।