काठमाडौँ-राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आज रुस जाँदै हुनुहुन्छ ।
रुसको माथिल्लो सदन संघीय सभा संघ परिषद्का अध्यक्ष भ्यालिन्टिना म्याटभियन्कोको निमन्त्रणामा उहाँ रुस जान लाग्नुभएको हो ।
बिहान १० बजे रुस प्रस्थान गर्ने उहाँको टोलीमा ८ जना सदस्य रहनेछन् ।
अध्यक्ष तिमिल्सिना रुस जाने भएपछि राष्ट्रियसभा बैठक अनिश्चित कालका लागि स्थगित भएको छ ।






प्रतिक्रिया