अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संवैधानिक परिषद्को बैठकमा जुटेन सहमति  

संवैधानिक परिषद्को बैठकमा जुटेन सहमति  


काठमाडौँ । प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल गर्न बसेको संवैधानिक परिषद्को बैठकमा सहमति जुट्न सकेको छैन । आज सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीश नियुक्तिमा सहमति जुट्न नसकेको हो । 

आजको बैठकमा सहमति जुट्न नसकेपछि  नजुटेको र अर्को बैठक बसेर यसबारे निर्णय लिने सहमति भएको बताइएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, उपप्रधानमन्त्री एवं रक्षा तथा कानुन, न्याय र संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी हुनुभएको थियो ।